Tuesday, November 30, 2021
spot_img

एमाले अध्यक्ष केपी ओली चितवनमा

काठमाडौं, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन् ।

उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उनी साढे १ बजे भरतपुर विमानस्थलमा आइपुगेका हुन् ।

भरतपुर पुगेपछि ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिएका छन ।

उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ । ७ जनाले त्यसमाथि टिप्पणी गर्ने र अन्तिममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको कडरियाले बताएका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार