Wednesday, December 1, 2021
spot_img

केपी रहुन्जेल एमालेमा जान्नः वामदेव गौतम

काठमाडौँ, ९ मंसिर । राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले आफू केपी ओली एमालेमा रहेसम्म उक्त पार्टीमा नजाने बताएका छन् । उनले बीबीसीसँग कुरा गर्दै अहिले एमाले केपी ओलीले भनेको कुरालाई जस्ताको जस्तै मान्ने अवस्थामा रहेको भन्दै आफूले एमालेमा ओली रहेसम्म जनाले बताए हुन् ।

उनले अहिले एमाले पार्टीभन्दा पनि एउटा भक्तहरुको समूह जस्तो भएको बताएका छन् । उनले केपी ओलीले सहि कुरालाई गलतभन्दा गलत र गलत कुरालाई सहिभन्दा सहि हुने जमात पार्टीभित्र बढेको बताएका छन ।

उनले केपी ओलीले अहिलेसम्म आत्माआलोचना गरेको आफूले नदेखेको बताएका छन । उनले आफूले ओलीलाई ठूलो सहयोग गरेको तर ओली अरुलाई काम लगाउने र गुण तिर्न नजान्ने व्यक्ति भएको टिप्पणी गरेका छन।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार