Tuesday, November 30, 2021
spot_img

भेडाको पेटबाट १७ किलो लागु औषध बरामद

एजेन्सी । कुवेती गृह मन्त्रालयले लागूऔषध ओसारपसारका लागि नयाँ तरिका अपनाएका गिरोहलाई पक्राउ गरेको छ । जिउँदो भेडाको पेटमा लुकाएर छिमेकी देशबाट कुवेत भित्र्याउँदै गरेको १७ किलो लागूऔषध कुवेती प्रहरीले बरामद गरेको हो ।

कुवेतका आन्तरिक मामिलामन्त्री शेख थामेर अल–अली र लागू औषध नियन्त्रणक लागि सामान्य प्रशासनका अधिकारीहरूको उपस्थितिमा गरिएको चेकजाँचबाट उक्त तस्करीको प्रयास विफल भएको हो ।

अभियुक्तहरूलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायमा पठाइएको अरब टाइम्सले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार