Tuesday, November 30, 2021
spot_img

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : प्रचण्ड

चितवन, ७ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् ।

चितवनमा भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिंचाइ प्रणालीको सोमबार अबरे उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरेका छन । उनले आगामी निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारेका छन ।

भरतपुर महागनरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष प्रचण्डले यसलाई उचाइमा पुर्याउनका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन ।

भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो । “चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ,” उनले भने ।

चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा ४ करोडको लागतमा ५ डिप ट्युबेल प्रणाली निर्माण गरिएका छन् । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार