Tuesday, November 30, 2021
spot_img

पश्चिम नवलपरासीमा गाडीको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौं, ७ मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रमवापुरमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका १० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुँवरको मृत्यु भएको हो ।

राति साढे १२ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार