Wednesday, December 1, 2021
spot_img

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।

एमालेले सोमबार स्थायी कमिटी डाकेको थियो । तर नेताहरुको कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने नेता तामाङले जानकारी दिएका छन । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ । यसैबीच एमाले अध्यक्ष केपी ओलीले आजै पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार