Tuesday, November 30, 2021
spot_img

ह्वात्तै बढ्यो कोरोना संक्रमित

काठमाडौँ, ६ मंसिर । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ९२१ आरटी पिसिआर र २ हजार ७७६ एन्टिजेन गरी कुल १२ हजार ६९७ जनामा परीक्षण गरिएकोमा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ७ हजार २७९ जना संक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार ८२७ होम आइसोलेसनमा र ४४२ जना संस्थागत आइसोलेसनमा छन् ।

मन्त्रालयकाअनुसार सोमबार देशभरबाट २५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख ६१७ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ ।
आइतबार २३८ जनामा संक्रमण देखिएकोमा सोमबार बढेर ३८५ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार