Tuesday, November 30, 2021
spot_img

सभामुखसँग बारको आग्रह : जबरालाई पदमुक्त गर्न संसद्ले सहयोग गर्नुपर्‍यो

काठमाडौं, ६ मंसिर । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा गाग गर्दै आन्दोलरनत नेपाल बार एशोसिएसनले प्रमुख राजनीतिक दललाई गुहार्न थालेका छन् ।

प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । प्रधानन्यायाधीश जबराले आफूहरुको पहलले मात्र राजीनामा नदिएको भन्दै बारले संसदको सहयोग खोजेको हो ।

नेपाल बारका पदाधिकारीहरुले सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने भन्दै आग्रह गरेका हुन् । प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।

प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने महासचिव लीलालमणि पौडेललको भनाई छ ।

बारले प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको आरोप लगाएका छन् । यस्तै जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको पनि बारको आरोप छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि धर्ना दिएको छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् ।

सोमबार सर्वोच्च परिसबाट न्यायलयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई हटाइएको थियो । धर्नाका क्रममा उनीहरुले प्रधानन्यायधिशबिरुद्ध चर्का नारा लगाएका थिए । धर्नापछि बारमा आयोजित विरोध सभामा बारमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशकै कारणबाट भ्रष्टचार व्याप्त भएको राजीनामाको बिकल्प नरहेको बताए । सेवाग्राहीहरुलाई तीनबर्षदेखि अदालतमा भइरहेको अन्याय अव हुन नदिने उनको भनाई छ । उनले प्रधानन्यायाधीशले बिचौलियामार्फत फाइदा हुने मुद्धामात्र हेर्ने गरेको आरोप लगाए ।

नेपाल बार एसोसिएसनको अगुवाईमा न्यायालयमा भष्ट्राचार , दलिय भागबन्डा गरेकोलगायतका आरोप लगाउँदै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु तीन सातादेखि आन्दोलनमा छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार