Tuesday, November 30, 2021
spot_img

शहीद स्मारक ए डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज दुबै टिम सुरुआती खेलमा जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छन् । ब्रिगेड राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा तथा सनोज श्रेष्ठको प्रशिक्षणमा मैदान उत्रनेछ ।

पूर्वखेलाडी कुमार थापाको प्रशिक्षणमा रहेको एपीएफ टोपबहादुर विष्टको कप्तानीमा खेल्नेछ । दिनको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिमानी आठौं पटकको मनाङ र जावलाखेलबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङ अन्जन विष्टको कप्तानीमा हुनेछ भने किशोर केसीको प्रशिक्षणमा रहेको जावलाखेल कुलदिप कार्कीको कप्तानीमा छ । जावलाखेल मनाङलाई हराउदै अप्रत्याशित नतिजा दिन चाहन्छ ।

१४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्नेछन् ।

शनिबार भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे भने थ्री स्टारले छिमेकी च्यासल युथलाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा रह्यो ।

‍यसअघि उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी सातदोबाटोले गोलरहित बराबरी खेले ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार