Wednesday, December 1, 2021
spot_img

अब टेलिकमको जीएसएम मोबाइल नम्बर पनि ‘९७’ बाटै

काठमाडौं । नेपाल टेलिकमले अब मोबाइल सेवा (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन-जीएमएम)मा ‘९७’ को नम्बरको रेन्जमा प्रयोग गर्न थालेको छ । ९८को रेन्ज ‘अकुपाइ’ भएपछि टेलिकमले ९७ कै रेन्जमा जीएसएम नम्बर दिन थालेको हो ।

टेलिकमले ९७ को रेन्जमा कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) मा मात्रै प्रयोग गरिरहेको थियो । सीडीएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सीडीएमएबाट जीएसएममा रुपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । अब जीएसएमको नयाँ सिम पनि ९७ कै रेन्जमा राखेर वितरण शुरु भएको छ ।

टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी नेपाल दूरसञ्चार प्राधिकरणले दिएको अनुमति अनुसार जीएसएममा ९७ रेन्ज प्रयोगमा आउन थालेको बताउँछन् ।

नम्बरिङ प्लानअनुसार अहिले ९७६ मा आधारित भएर जीएसएम नम्बर वितरण गरिरहेको छ । टेलिकमले ९८४, ९८५, ९८६ गरी तीन रेन्जमा जीएसमा नम्बर वितरण गरिरहेको थियो ।

अहिले नेपालमा करिब ३ लाख २० जार सीडीएम प्रयोगकर्ता छन् । अब उनीहरुलाई जीएसएममा लैजाने र नयाँ प्रयोगकर्तालाई पनि नयाँ रेन्जबाट नँबर वितरण गर्ने योजना टेलिकमको छ ।

कुनैबेला ग्रामीण भेगमा सञ्चारको भरपर्दो साधन बनेको थियो, सीडीएमए फोन । मोबाइल फोन र सिमकार्ड किन्न नसक्नेहरु गाउँ-गाउँ पुगेको व्यवसायिक प्रयोजनमा सीडीएमए फोनमा निर्भर थिए ।

अब भने यो प्रविधिलाई निरन्तरता नदिने निष्कर्षमा नेपाल टेलिकम पुगेको छ । टेलिकमका प्रवन्ध निर्देशक अधिकारी अबको एक वर्षभित्र सीडीएमए प्रविधिलाई जीएसएमले विस्थापित गर्ने योजना बनेको बताउँछन् ।

टेलिकमले टावरहरुमा प्रविधि रुपान्तरणको काम गरिरहेको छ । ‘प्रविधिमा आएको परिवर्तनका कारण सीडीएमएलाई निरन्तरता दिन नसकिने अवस्था आएको हो,’ अधिकारी भन्छन्, ‘यो प्रविधि रुचाउनेहरुलाई पनि हामी निरास पार्दैनौं ।’

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार