Wednesday, December 1, 2021
spot_img

‘बल्छी धुर्बे’ र ‘जुनकिरी’को अभिनयमा ‘मुसी’ सार्वजनिक

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र सरिता ढुंगाना ‘जुनकिरी’ले अभिनय गरेको ‘मुसी’ बोलको गीत सार्वजनिक भएको छ । टेलिसिरियल ‘जुठे’मा एकसाथ देखिँदै आएका मरिचमान र सरिता म्युजिक भिडियोमा पहिलोपटक एकसाथ देखिएका हुन् ।

यो गीतमा प्रितम पोखरेल र सुनिता बुढाक्षेत्रीको स्वर रहेको छ । प्रितमकै शब्द, संगीत रहेको गीतलाई सुनिल परियारले एरेञ्ज गरेका हुन् । सर्जक एवं गायक प्रितमले मौलिक धारमा रहेर गीत तयार पारेका छन् ।

दीपेन्द्र तिमल्सिनाको कथा एवं निर्देशनमा बनेको गीतको भिडियो करन चैसिरले खिचेका हुन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

गीतको भिडियोले युट्युबमा राम्रो भ्युज पाउँदै गएको छ । आइतबार साँझ सार्वजनिक गीतको भिडियोले मंगलबार दिउँसोसम्म ३ लाख ५० हजार बढी भ्युज पाएको छ । कलाकार मरिचमानले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको बताए ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार