Wednesday, December 1, 2021
spot_img

उड्ने मोटरसाइकल सार्वजनिक, मूल्य कति ?

काठमाडौं । जापानको राजधानी टोकियोस्थित एक कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ ।

फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो ।
एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइकल एकपट चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटर आकाशमा उड्न सक्छ ।
होभरबाइकको मूल्य ६ लाख ८२ हजार अर्थात् झण्डै आठ करोड २० तय गरिएको निकेइ एसियाले जनाएको छ। कम्पनीका अनुसार तीन सय किलो तौल रहेको उड्न् मोटरसाइकलमा एकजना चढ्न मिल्छ । उक्त बाइकमा एउटा परम्परागत इन्जिन र ब्याट्रीजडित चार मोटर छन् ।

मोटरसाइसलक सार्वजनिक भएको दिनदेखि नै अर्डर लिन थालिएको र आगामी वर्षको मध्यसम्ममा सीमित ग्राहकलाई २०० मोटरसाइलक उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

इलेक्ट्रोनिक कम्पनी मित्सुबिसी र फुटबल खेलाडी केइसुके होन्डाले लगानी गरेको होभरबाइक निर्माता कम्पनीले मानिसहरुले कार छोडेर आफ्नो उत्पादन किन्ने अपेक्षा गरेको छ । एजेन्सी

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार