Tuesday, November 30, 2021
spot_img

आज निको हुने भन्दा संक्रमितको संख्या धेरै

काठमाडौं, १० कात्तिक । पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार