Tuesday, September 28, 2021
spot_img

कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं, ३० भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३३२ जना र ४ हजार ३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १ हजार ७६० जनामा संक्रमण भएको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार