Monday, September 20, 2021
spot_img

चलचित्र ‘टुल्की’को फर्स्ट लुक र टिजर सार्वजनिक

चलचित्र ‘टुल्की’को फर्स्ट लुक पोष्टर र टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको फर्स्ट लुक र टिजर सार्वजनिक गरिएको हो ।

द पाल्म ग्रुप प्रा।लीको ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा चलचित्र निर्माण गरिएको कार्यक्रममा जानकारी दिईयो । लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशनमा बनेको चलचित्रमा आरपि कर्माचार्य र शेखर लामाको लगानी छ । शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ ।

डोल्पाको तल्लो भागमा रहेको ब्राम्हण बस्तिमा जन्मेकी युवती माथिल्लो डोल्पाको शेर्पासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ । करिव ४ वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता शेखर लामाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म चलचित्रमा ९० लाख रुपैयाँ बढी लगानी भएको छ ।

यो चलचित्र नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । साथै, अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने सोँचका साथ चलचित्र निर्माण गरिएको बताईएको छ ।

निर्माण टिमले निकै मिहिनेतका साथ चलचित्र निर्माण गरेको जनाएको छ । कलाकारहरुले पनि चलचित्रमा आफूहरुले सक्दो मिहिनेत गरेको भन्दै चलचित्रले दर्शकको मन जित्ने बताएका छन । चलचित्रमा सन्जिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार