Tuesday, September 28, 2021
spot_img

देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्वाङ

विराटनगर, ३० भदौ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझने दाबी गरेका छन ।

नेम्वाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद् अवरुद्ध राखिराख्नेसमेत बताएका छन । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्वाङले भने, ‘तर पनि सर्वोच्च अदालतको आदेशलाई हामी सम्मान गर्छौँ ।’ नेता नेम्वाङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार