Tuesday, September 28, 2021
spot_img

फेरी बढ्यो संक्रमित संगै मृतकको संख्या

काठमाडौं, २९ भदौ । पछिल्लो २४ घण्टामा १ हजार सय ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ पीसीआर परीक्षणमा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षणमा ३८२ जना गरी १ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १ हजार ५८९ रहेको छ । हाल देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेका छन ।
सोमबार १ हजार ४८६ जनामा संक्रमण देखिएकोमा आज बढेर १ हजार ५६२ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार