Tuesday, September 28, 2021
spot_img

एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टले एकीकृत समाजवादी रोज्न पाउने

काठमाडौं, २९ भदौ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् ।
सर्वोच्च अदालतले एमालेका सांसद पाण्डे र भट्टले नेकपा (एकिकृत समाजवादी) रोजे कुनै कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।

निर्वाचन आयोगले उनीहरूलाई समाजवादीको सांसद कायम गर्न मानेको थिएन। त्यसविरूद्ध उनीहरूले सर्वोच्च अदालतमा दिएको रिटमाथि न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले समाजवादीमा आवद्ध हुन दिन अन्तरिम आदेश दिएको हो।

उनीहरू दुबैले आफूमाथि एमालेले दलत्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न पनि माग गरेका थिए।

सर्वोच्चले भने उनीहरू दुवैलाई एकिकृत समाजवादीमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारही नगर्न नगराउनु भनि अन्तिम आदेश जारी गरेको हो।

ुनिवेदकहरू पाण्डे र भट्टले नेकपा (एकिकृत समाजवादी) दलमा आवद्ध हुने गरी भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरूको सो दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारबाही नगर्नु नगराउनु भनि प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,ु उक्त इजलासको आदेशमा उल्लेख छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार