Tuesday, September 28, 2021
spot_img

एमालेमा बसिरहन कठिन छ : भीम रावल

काठमाडौं, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावालले पार्टीमा असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन नहुने हो भने आफूहरुले अब अर्कै सोच्नुपर्ने बताएका छन् ।

स्रोतका अनुसार रावलले आइतबार आफूनिकट नेताहरुसँग पार्टीलाई दश बुँदे सहमति अनुसार २०७५ जेठ २ मा फर्काउन अध्यक्ष केपी शर्मा ओली तयार नभएको अवस्थामा फरक ढंगले सोच्ने अवस्था आउने कुरा राखेका हुन् ।

रावल दश बुँदे कार्यान्वयन गरेर पार्टीलाई जेठ २ मा लगेपछि आफू सुदूरपश्चिम इन्चार्जमा पुनःस्थापित हुनुपर्ने अडानमा छन् । आइतवार बालकोटमा अध्यक्ष ओलीसँग भएको वार्तापछि उपाध्यक्ष रावलले १० बुँदे सहमतिमा समस्या देखिएको बताउँदै यदि त्यस्तो भएमा एमालेमा बसिरहन कठिन हुने कुरा पनि राखेका थिए ।

‘बालकोटमा अध्यक्ष कमरेडसँग भएको छलफलबाट उहाँ सन्तुष्ट हुनुहुन्न। उहाँको जोड १० बुँदे अनुसार पार्टीको सबै संरचना जेठ २ अघिको अवस्थामा फर्किनुपर्छ भन्ने हो’, छलफलमा सहभागी एक नेताले भने ।

छलफलका क्रममा रावलले एमाले एक दुईजनाको जोड बल र त्यागले नबनेको बताउँदै यसलाई बचाएर अघि बढाउन इमान्दारपूर्वक १० बुँदे कार्यान्वयनको विकल्प नरहेको पनि बताएका थिए ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २०८८ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुअघिसम्म रावल सुदूरपश्चिम संयोजकको भूमिका थिए । तर २०७५ जेठ २ अघि उनी एमाले उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्जको भूमिका थिए ।

अहिले उनले आफू २०७५ जेठ २ अघिको अवस्थामा इन्चार्ज कायम हुनुपर्ने बताएका हुन्। तर पुस ५ पछि नेकपामा देखिएको विवादका कारण अध्यक्ष ओली माओवादीबाट आएका लेखराज भट्टलाई इन्चार्ज बनाइदिएका थिए ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार