Tuesday, September 28, 2021
spot_img

सभामुख सापकोटाविरुद्ध एमालेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद् र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।

नेकपा एमालेले साधारण सदस्य र सांसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार