Tuesday, September 28, 2021
spot_img

चुमनुव्रीमा पहिरो नियन्त्रणका लागि अर्थमन्त्रीसँग बजेट माग

काठमाडौं, २८ भदौ । गोरखाको चुमनुव्री गाउँपालिकाका वासिन्दाले पहिरोका कारण वस्ती जोखिममा परेको भन्दै नियन्त्रणका लागि बजेट व्यवस्था गरिदिन अर्थमन्त्री जनार्दन शर्मासँग माग गरेका छन् ।

आइतबार अर्थ मन्त्रालयमा पुगेका चुमनुव्री गाउँपालिकाका वासिन्दाले वडा नं ३ को सल्लेरी, जगत, नाक्चेत, पाती देवल र घट्टेखोला गाउँ पहिरोको जोखिममा परेको भन्दै संरक्षणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

त्यस्तै चुमनुव्री–४ को पहिरोबाट नामरुङ गाउँ जोखिममा परेको, वडा नं ६ सार्दिभिरको क्यान्टिलिभर पुल क्षतिग्रस्त भएको चुम उपत्यका जाने बाटो लोक्पा पहिरोले क्षतिग्रस्त भएको नेकपा माओवादी केन्द्र चुमनुव्री गाउँपालिका इन्चार्ज निमा लामाले बताएका छन ।

उक्त पहिरो पन्छाएर चुम उपत्यका जान सहज बनाउन र चुमनुब्री–७ को छेकम्पारस्थित छुले गाउँसंरक्षण तथा पहिरो नियन्त्रणका लागि पनि बजेट माग गरिएको उनले जानकारी दिएका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार