Tuesday, September 28, 2021
spot_img

सभापतिको दौडबाट पछि हट्दिन : शशांक कोइराला

काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् ।

आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।

उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताएका छन ।

उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिएका छन । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनले जानकारी दिएका छन ।

एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिस्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताएका छन । विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, “उच्छृङ्खल चरित्रले कम्युनिस्ट पार्टीहरु चलिरहेका छन् ।”

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार