Monday, September 20, 2021
spot_img

प्रधानमन्त्री देउवाद्वारा राणाप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधनभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व. राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झँन्डा ओडाएर श्रद्धासुमन व्यक्त गरेका छन । राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाई अनिलकेशरी शाहले जानकारी दिएका छन । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनले बताएका छन ।

राणालाई श्रद्धाञ्जलि दिन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेका थिए ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार