Monday, September 20, 2021
spot_img

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज बिहान बस्दै छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा आज बिहान ९ बजे बैठक बस्न लागेको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेबरहादुर तामाङले जानकारी दिएका छन।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिएका छन।

यसअघि एमाले स्थायी कमिटी बैठक हिजै अपराह्न ४ बजे बस्ने भनिए पनि संसद बैठक लम्बिएपछि बस्न नसकि स्थगित भएको थियो।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार