Monday, September 20, 2021
spot_img

मेलम्चीका १५ घर उच्च जोखिममा

सिन्धुपाल्चोक, २५ भदौ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका९ ११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिएका छन । उनका अनुसार मेलम्चीको घले बस्तीका १० घर र दनुवार बस्तीका ५ घर उच्च जोखिममा छन् ।

बस्तीमा लगातारको वर्षाले माथिबाट पहिरो जाँदा उच्च जोखिम बढेको हो । वर्षा हुँदा पहिरो आउन सक्ने डरले भाग्ने गरी तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको स्थानीय गंगाबहादुर दनुवारले बताएका छन ।

पहिरो रोक्न प्रयास गरिदिन स्थानीय सरकारसँग उनले आग्रह पनि गरेका छन । जोखिममा परेका १५ घरका परिवार आफन्तकोमा शरण लिएर बसिरहेका अध्यक्ष दुलालले बताएका छन । जोखिमयुक्त घरलाई जोगाउन स्थानीय सरकार लागिरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार