Tuesday, September 28, 2021
spot_img

सुमारसँग प्रचण्डले भने- एमसिसीमा राष्ट्रिय सहमति बनाउनु पर्छ

काठमाडौं, २५ भदौ । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले शुक्रबार बिहान सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन्।

प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। भेटमा एमसिसीबारे छलफल भएको थियो।

सुमारसँग प्रचण्डले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए।

‘राष्ट्रिय बहस भएको कुरामा राष्ट्रिय सहमति बनाउनु पर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले भने,‘सत्तारूढ गठबन्धनका दलहरूबीच पनि यसबारे सहमति बनाउनु पर्छ।’

माओवादी केन्द्रभित्र एमसिसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गरे पनि हुने दुई धार छ।

यसअघि सुमारले बिहीबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटेकी थिइन्।

सुमारले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार