Tuesday, September 28, 2021
spot_img

ह्वात्तै घट्यो कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

काठमाडौं, २४ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९८ पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ८४५ रहेको छ भने कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ७७, झापामा ७६, सुनसरीमा ७५, ललितपुरमा ६७, कास्कीमा ५२ जनामा कोरोना संक्रमण देखिएको छ भने चितवनमा ४०, भक्तपुरमा ३७, रुपन्देहीमा ३०, कैलालीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा १६, सिरहा र गोरखामा १३/१३ जना, सुर्खेतमा १२, नवलपरासी पुर्वमा ११ र बागलुङ र बाँकेमा १०/१० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार