Tuesday, September 28, 2021
spot_img

ओलीलाई भेट्न एमसिसी उपाध्यक्ष बालकोटमा

काठमाडौं, २४ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले काठमाडौंमा भेटघाट थालेकी छन् ।

बिहीबार बिहान कतार त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन् । सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन् ।

ओलीलाई भेट्न सुमारसहित एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सपनि दिउँसो उनको निवास बालकोट पुगेका छ । अध्यक्ष ओली र सुमारबीचको भेटमा नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएका छन् ।

सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग भने शुक्रबारका लागि भेट गर्ने समय तय भएको देउवाको सचिवालयले जनाएको छ ।

एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले नेपाल भ्रमणमा आएका एमसिसी पदाधिकारीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार