Monday, September 20, 2021
spot_img

मातृका आँखा अस्पतालमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौं, २४ भदौ । काठमाडौंको सेतो पुलमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको थियो ।

अस्पतालको तेस्रो तलाको एक शौचालयमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन । शौचालयमा बम भेटिएको हल्ला चलेपछि केही समय उक्त क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको थियो ।

प्रहरीको विशेष टोली र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । डिस्पोज गर्दा बम नभएको पाइएको एसएसपी सिंहले जानकारी दिएका छन । ‘एउटा थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको रहेछ’ एसएसपी सिंहले भने, ‘त्यो नक्कली बम डिस्पोज भैसकेको छ ।’

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार