Tuesday, September 28, 2021
spot_img

ओलीको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश, निर्वाचन आयोगसँग लिखित जबाफ माग

काठमाडौँ, २२ भदौ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दामा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजालासले यस्तो आदेश गरेको हो ।

माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै संघीयसभाका सभामुख अग्नीप्रसाद सापकोटा र लुम्बिनी प्रदेशको सभामुख पूर्णबहादुर घर्तीविरुद्ध गत गत बुधबार रिट दायर गरेको थियो ।

प्रधानन्यायाधीश राणाको इजालासले उक्त रिटमा अन्तरिक आदेश दिने–नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको हो ।

त्यस्तै एकीकृत समाजवादीको दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न माग सहित निर्वाचन आयोगमाविरुद्ध परेको रिटमा लिखित जबाफ मागेको छ । १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जबाफ मागेको छ । आदेश अनुसार जबाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुनेछ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार