Monday, September 20, 2021
spot_img

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

धादिङ, २२ भदौ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा आज बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिएका छन ।

पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि केही समय लाग्ने उनले बताएका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार