Tuesday, September 28, 2021
spot_img

फेरी ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं, २० भदौ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार १ हजार ८९ जनामा संक्रमण देखिएकोमा आज बढेर १ हजार ८९७ जनामा संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार