Tuesday, September 28, 2021
spot_img

सुदूरपश्चिम प्रदेशसभामा अब एकीकृत समाजवादी पहिलो दल

धनगढी, २१ भदौ । सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभ सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् ।

यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षको भनेर चिनिएकी बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोजेकी हुन् ।

एमाले र माओवादीको एकतापछि बनेको नेकपा र एमालेको अनौपचारिक विभाजनका बेला उनी अध्यक्ष ओलीको पक्षमा उभिदै आएकी थिइन् । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षीय १७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिदासमेत उनले विपक्षमा मतदान गरेकी थिइन् ।

तत्कालीन समयमा ओलीको पक्षमा लाग्ने यो सँगै एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ भने प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा खुम्चिएको छ । सुदूरपश्चिम प्रदेशसभामा २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुखसहित ११ जना प्रदेशसभा सदस्य मात्र रहेका छन् ।

प्रदेशसभामा अब एकीकृत समाजवादी पार्टी १४ सांसदसहित पहिलो, नेकपा माओवादी केन्द्र १३ सांसदसहित दोस्रो, नेपाली काँग्रेस १२ सांसदसहित तेस्रो, नेकपा एमाले ११ सांसदसहित चौथो र जनता समाजवादी पार्टी दुई सांसदसहित पाँचौं दल भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार