Monday, September 20, 2021
spot_img

नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच विवाद

काठमाडौं, २० भदौ । ललितपुरको नख्खु कारागारमा नाइके र कैदीबन्दीहरूबीच लफडा भएको छ। आइतबार दिउँसो एउटा ब्लकका नाइके र कैदीबन्दीहरूबीच विवाद भएको कारागार व्यवस्था विभागका महानिर्देशक जनकराज दाहालले जानकारी दिएका छन।

ुसामान्य विवाद, भनाभन भएको थियो। कहिलेकाँही आन्तरिक विवाद हुन्छ, दाहालले भने, झडप नै भएको भन्ने होइन। त्यही पनि अहिले साम्य भइसकेको छ।

के विषयमा विवाद भएको हो भन्ने बारेमा सोधिखोजी गरिएको उनले बताएका छन। कैदीबन्दीहरूले आफ्ना माग राखेर ज्ञापन पत्र जेलरलाई बुझाएका छन्।

विवाद भएको खबरपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरीसमेत पठाइएको छ। परिसरबाट ४० जना प्रहरीको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताएका छन।
ुएउटा ब्लकमा समस्या देखिएको रहेछ, अहिले समस्या भयो। भीडभाड भयो भन्ने खबर आएको हो, महर्जनले भने, त्यसपछि हाम्रो ४० जनाको टोली पठाएका छौं, टोली केही थप समस्या आउँछ कि भनेर कम्पाउन्डमा तैनाथ बसिरहेको छ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार