Monday, September 20, 2021
spot_img

पहिरोमा परेर पर्वतमा एउटै परिवारका ५ जना सहित १० जनाको मृत्यु

पर्वत, १८ भदौ । अविरल वर्षाका कारण पर्वतमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । कुश्मा नगरपालिका ३ दुर्लुङमा माधव शर्माको घर भत्किँदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राजेन्द्र अधिकारीले मृत्यु हुनेमा ७५ वर्षकी कौशिला पौडेल, ३५ वर्षकी भगवती, १६ वर्षकी विमला, ११ वर्षकी विनिता र ९ वर्षका विनोद पौडेलको मृत्यु भएको जानकारी दिएका छन ।

पर्वतको मोदी–५ आम्बोटमा पहिरोले पुरिँदा फूलमाया थापाको मृत्यु भएको उनले बताएका छन । कुश्मा–११ पकुवामा पहिरोले घर पुरिँदा मायाकुमारी पौडेल र उनका ३ वर्षका छोराको मृत्यु भएको छ । मायाकुमारीकी सासू डल्ली पाध्या पौडेल वेपत्ता भएकी छन् । उनको खोजी कार्य जारी रहेको छ ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार