Tuesday, September 28, 2021
spot_img

माओवादी स्थायी समिति बैठक जारी

काठमाडौं, १८ भदौ । नेकपा माअ‍ोवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । पार्टीको निर्वाचन प्रणाली, सरकार गठन तथा पार्टीको सांगठनिक कार्यक्रमबारे बैठकको एजेण्डा रहेको स्रोतले बताएको छ ।

पार्टी संगठनलाई चुस्त, दुरुस्त बनाउनका लागि माओवादी केन्द्रले वडास्तरदेखि केन्द्रीय महाधिवेसनसम्म गर्ने तयारी गरेको छ । त्यसका लागि पार्टीको निर्वाचन प्रणाली कस्तो बनाउने भन्नेबारे आजको बैठकमा विशेष रुपमा छलफल हुने जनाएको छ ।

माओवादीबाट सरकारमा सहभागीहरुको नाम तय गर्न अहिलेसम्म सकेको छैन । मन्त्री हुनेहरुको संख्या धेरै भएकाले पनि माओवादीले नाम टुंगो लगाउन नसकेको हो ।

माओवादीबाट यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसकेका छन् । अब राज्यमन्त्रीसहित ४ जना मन्त्री बन्न पाउने छन् ।

सत्ता गठबन्धनमा कुन मन्त्रालय कसलाई भन्ने विषयमै विवाद हुँदा अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार