Tuesday, September 28, 2021
spot_img

बुधबार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

काठमाडौं, १६ भदौ । पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१२ पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार