Monday, September 20, 2021
spot_img

भोलिबाट उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने

काठमाडौं । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि बिहिबार बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बिहिबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ’ उनले भने, ‘पालना भए नभएको प्रशासनबाट अनुगमन हुनेछ ।’

दोस्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् । 

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार