Monday, September 20, 2021
spot_img

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं, १६ भदौ । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य ओरालो लागेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार