Thursday, October 28, 2021
spot_img

साझा उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक जारी

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुको बैठक बसेको छ । पौडेल निवास बोहराटारमा इतर पक्षीय नेताहरुको बैठक जारी छ ।
बैठकमा १४ औं महाधिवेशनमा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेताहरुबीच सहमति जुटाउनेबारे छलफल केन्द्रित हुने बताइएको छ ।

शीर्ष नेताहरुबीचको बैठक बसिरहेको पुष्टि गर्दै महाधिवेशन र सभापतिको साझा उम्मेदवार तय गर्नेबारे छलफलको एजेण्डा रहेको काँग्रेस नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताएका छन ।

बैठकमा पौडेलसहित सभापतिका दाबेदार नेताहरु र अर्का नेता बलबहादुर केसी समेत सहभागी छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा काँग्रेसभित्र सभापतिका आकांक्षी एक दर्जनको हाराहारीमा देखिएका छन् ।

सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्म रहेका छन् । उनीहरु मध्येबाट एक जना साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेको बताइएको छ ।

देउवालाई चुनौति दिनेगरी उपसभापति समेत रहेका विमलेन्द्र निधिले पनि औपचारिक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार