Tuesday, September 28, 2021
spot_img

मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते

काठमाडौं, १४ भदौ । धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिएका छन । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन ।

सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा ३ ख ५६२३ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित हुँदा रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किएको अध्यक्ष तिमल्सेनाले बताएका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार