Monday, September 20, 2021
spot_img

बुधबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने गठबन्धनको सहमति

काठमाडौं, १४ भदौ । सत्तारुढ गठबन्धनबीच बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलको बैठकले बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)का नेता डा.विजय पौडेलले बुधबार मन्त्रिमण्डलले पूर्णता पाउने जानकारी दिएका छन । साथै वैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट सच्याउने निर्णय गरेको उनले बताएका छन ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार बनेको डेढ महिन बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सर्वत्र आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार