Thursday, October 28, 2021
spot_img

सत्तारुढ गठबन्धनको बैठक सकियो, के-के भए निर्णय ?

काठमाडौं, १४ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । मन्त्रालय भागबण्डा र गठबन्धनलाई थप प्रभावकारी रुपमा अघि बढाउने विषयमा छलफल गर्दै बैठक सकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

बैठकमा तत्काल मन्त्रिपरिषद विस्तारका लागि सबै दलले आआफ्नो तर्फबाट मन्त्रीको नाम टुंगो लगाउने विषयमा छलफल भएको एक नेताले जानकारी दिएका छन।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार