Tuesday, September 28, 2021
spot_img

तीन किलो कोकिनसहित तीन विदेशी पक्राउ

काठमाडौं, १३ भदौ । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्‍यूरोले आइतबार पत्रकार सम्‍मेलन गरेर तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो।

पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् । पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्‍यूरोले जनाएको छ ।

कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार