Tuesday, September 28, 2021
spot_img

प्रदेश २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर

काठमाडौं, १३ भदौ । प्रदेश नम्बर २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका शैलेन्द्र कुमार साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालय उनले सम्हाल्ने भएका छन् । पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहाले मुख्यमन्त्री राउतले जिम्मेवारी हेरफेरको जानकारी मन्त्रीहरूलाई दिइसकेको बताएका छन ।

नवनियुक्त अर्थमन्त्री शैलेन्द्र साहले आफूलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट हटाएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको बताएका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार