Monday, September 20, 2021
spot_img

ओलीलाई नेपालको सुझाव: ‘महालेखाको प्रतिवेदन पढ्नुस् त’

काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् ।

विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले ओलीको चर्को आलोचना गर्दै यस्तो आग्रह गरेका हुन् ।

ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने गरेको र आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गर्ने गरेको भन्दै नेता नेपालले भने, ‘महालेखाको प्रतिवेदन पढ्नुस् त ।’

‘यदि उहाँको संलग्नता छैन भने छानविन गर्न किन बाधा गर्नुपर्यो ?’ उनले ओलीलाई प्रश्न गरेका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार