Tuesday, September 28, 2021
spot_img

पूर्वप्रधानमन्त्री झलनाथ खनाल सोमबार स्वदेश फर्कने

काठमाडौं, १३ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन् ।

उनी गएको असार २ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए । सोमबार काठमाडौं आउने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन ।

नेता खनालको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्कन लागेको उनले बताएका छन ।

खनाल दिल्ली जाँदा नेकपा (एमाले)को विवाद उत्कर्षमा थियो । उनले दिल्लीबाटै पार्टी एकतालाई आह्वान गरेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेपछि उनी पनि नेपालतिर गएका थिए । उनले दिल्लीबाटै नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)को पक्षमा राजदूतमार्फत सनाखत गरेका थिए ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार