Thursday, October 28, 2021
spot_img

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता जारी

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री देउवा, नेपाल र प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता बालुवाटारमा जारी रहेको हो ।

बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल भैरहेको छ । कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे यसअघि नै निर्णय भैसकेको भए पनि कुन कुन मन्त्रालय कसको भागमा पर्ने भन्नेबारे औपचारिक निर्णय भैसकेको छैन ।

तीन नेताबीचको आजको छलफलले यस विषयमा पनि निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि नेकपा एकीकृत समाजावादीका अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल भारतबाट फर्केपछि पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताएका थिए ।

देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाउँदा सर्वत्र आलोचना चुलिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार