Tuesday, September 28, 2021
spot_img

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ४०९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५१६ र ३ हजार ७६७ को एन्टिजेन परीक्षणमा ३४१ जना गरी १ हजार ८५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ भने २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५८ हजार ८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६९० पुगेको छ भने ७ लाख १० हजार ४५२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ जना रहेका छन् । जसमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१५ जना आईसीयू र १७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार