Monday, September 20, 2021
spot_img

जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

काठमाडौं, १२ भदौ । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो ।

ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो । अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार